प्रकासको उत्कृष्टतासंगै गजुरमुखीको अग्रता

गजुरमुखीका खेलाडी कृष्ण थापा, सुमन लामा, मनिष हमाल, रिजेन्द्र राजभण्डारी र प्रकास नेपाल

दमकका युवा खेलाडी प्रकास नेपालको प्रभावकारी प्रदर्शनले प्रेरित गजुरमुखी चेस क्लब तुल्सीलाल अमात्यस्मृति चौथौं राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसीपमा नकआउट प्रबेशको संघारमा पुगेको छ ।
पाँचौं चरणको खेल समाप्त हुँदा गजुरमुखीले १० अंक जोडेको छ । गजुरमुखीले चौथौं खेलमा गोल्डेनगेट कलेज र पाँचौं खेलमा आयोजक ललितपुर स्पोर्टस क्लबलाई समान २.५ – १.५ अंकले पराजित गरेको हो । । गोल्डेनगेटको १० अंक छ ।
प्रकासले पाच चरणको खेलमा ब्यक्तिगत ४.५ स्कोर गरे । गजुरमुखीलाई अग्रता दिलाउने क्रममा अपराजित रहेका मनिष हमालले ४ स्कोर गरेका छन् । हालसम्म सबैभन्दा प्रभावशाली प्रदर्शन गरेका राष्ट्रिय च्याम्पियन गोल्डेनगेटका मदनकृष्ण कायस्थले सतप्रतिसत जित हात पारेका छन् ।

Comment