एभरेस्ट क्लबलाई हिमाल रेमिटको साथ

एभरेस्ट मार्शल आर्ट एन्ड स्पोर्ट्स क्लबका खेलाडी र पदाधिकारीहरूलाई हिमाल रेमिट र अल अन्सारी एक्सचेन्जले प्रायोजन गरेको छ ।
क्लबकै तालिम केन्द्रमा सन्चालित कार्यक्रममा उपस्थित हुदैँ हिमाल रेमिटका रमिल प्रधान तथा अल अन्सारी एक्सचेन्जका आतिफ फयाज र गयन जयवर्धनाले खेलाडीहरूलाई विभिन्न पुरस्कार प्रदान गर्नुका साथै खेललाई निरन्तरता दिन सुझाव दिए । क्लबका प्राबीधीक निर्देशक तथा मुख्य प्रशिक्षक रबि शाहीले आफ्नो व्यस्त दैनिकि बाबजुत पनि क्लवमा आएर प्रायोजन गरेकोमा खुसी ब्यक्त गर्दै दोसल्ला ओढाएर कृतज्ञता ब्यक्त गरे ।

Comment