मेलबोर्नमा नेपाली विच भलिबल

नेपाल भलिबल संघ अस्ट्रेलियाको आयोजनामा मेलबोर्नमा भलिबल प्रतियोगिता हुने भएको छ । अस्ट्रेलियाको मेलबोर्नमा छरिएर बसेका भलिबल खेलाडीहरुको प्रतिभा देखाउन,खेलाडीहरुको आत्मीयता र सहयोगी भावना जगाउन र स्वास्थ्यका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको सुन्दर थापा मगरले हामीलाई जानकारी दिए ।
यस प्रतियोगितामा पुरुष सिनियर टिम र महिला भलिबल खेलाडीहरुको पनि खेल हुने भएकोले आफ्नो टिम अथवा नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । टिम सहित १७ अगस्टमा दर्ता समय राखिएको छ । टिम नभएका खेलाडीले ब्यक्तिगत रुपमा १८ अगस्ट सम्ममा दर्ता गरे नयाँ टिमको पहल गरिने आयोजकले जानकारी गराएका छन् । पहिलो पटक नगद पुरस्कारको भलिबल प्रतियोगिता भएका कारण धेरै टोलीको अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।

Comment