बिमला र संगिता बिजयी

१८औं एशियाली खेलकुदका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् । चार मुलुकका टोलीहरु सम्मिलित मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा महिला ५७ केजी तौलसमूहमा संगीता सुनारले लगातार दोस्रो जित हासिल गरेकी छन् । उनले थाइल्याण्ड बी टिमकी पुर्नापालाई अंकको आधारमा हराएकी हुन् । यसअघि शनिबार उनले थाइल्याण्ड ए टिमकी बुन्याबुचलाई हराएकी थिइन् ।

आइतबार भएको अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी बिमला श्रेष्ठले ५१ केजी तौलसमूहमा थाइल्याण्ड बी टिमकी निल्लाडालाई अंककै आधारमा हराइन् ।महिला ६० केजीतर्फ पहिलो खेलमा थाइ राष्ट्रिय टोलीकी खेलाडीलाई हराएकी पुनम रावलले आइतबारको खेलमा थाइल्याण्डकै अनुसारासँग पराजित भइन् । आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोली पछिल्लो डेढ महिनादेखि थाइल्याण्डमा विशेष प्रशिक्षणरत छ ।

Comment