मार्शल आर्ट टिम बाङलादेश जादै

बाङ्लादेशको ढाकामा अगस्ट ७ र ८ मा हुने प्रथम सेख कमल स्मृती अन्तरास्ट्रिय मार्शल आर्ट प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको मार्शल आर्ट टिमको सहभगिता रहने छ । सो टोललाई आइतबाार मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले बिदाई गरे ।
दुई दिने सो प्रतियोगितामा बिभागका ६ खेलाडी तथा ४ अफिसियलले सहभागिता जनाउने छन् । टोली प्रमुखमा सहदेब राजबशीं, टिम प्रशिक्षकमा ऋषि लामा, टिम ब्यबस्थापकमा सोम दोङ र नरेन्द्र प्रसाद सुकुबटु रहेका छन् । खेलाडीहरुमा जित बहादुर श्रेष्ठ, रोशन श्रेष्ठ, कमल भुजेल, जेमिन महर्जन, ,प्रकाश थापा मगर र बिश्व कल्याण लामा रहेका छन् ।
बिदाई कार्यक्रममा मार्शल बिभाग प्रमुख ओम कृष्ण प्रसाईंका साथै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका सचिवहरु सीता लामा र जितेन्द्र श्रेष्ठ को पनि उपस्थिति थियो

Comment