हरिसीद्धीमा सम्मान कार्यक्रम


हरिसीद्धी उसु क्वानले शनीबार सम्मान कार्यक्रमको आयोजना गरेको छ । ललीतपुर महानगरपालीका वडा नम्बर २८ का वडा अध्यक्ष राजेश मर्हजनको प्रमुख आतीथ्यमा तथा क्वानका अध्यक्ष सानुराजा मर्हजनको सभापतीत्वमा मन्जुर मर्हजन, राज मर्हजन र सबिन मर्हजन सम्मानीत भएको क्वान प्रमुख राम गोपाल मर्हजनले बताए ।
मन्जुरले मलेसियामा भएको आइडब्लुयुएफ कोर्ष पुरा गर्दै अन्तराष्ट्रिय रेफ्रि भएका हुन् । यसैगरी राजले पटियालाबाट ए ग्रेडमा प्रशिक्षक कोर्ष पुरा गरेका थिए । सबिनले अक्वा फील्म फेस्टीबल अन्तरगत इटालीमा वि आर वाटर तथा स्पेनमा कलर अफ वाटर मार्फत स्वर्ण पदक पाए ।

Comment