अस्ट्रेलियामा ढोरापटनले भलिबल आयोजना गर्दै


“गाउँघरको झल्को मेटाउने बहाना, खेलकुदको विकास हाम्रो चाहना” भन्ने मुल नारा सहित ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा प्रथम ढोरापाटन पुरुष रनिङ कप भलीबल प्रतियोगिता हुने भएको छ । अगस्ट १९ देखि २६ सम्म हर्सभिल अक्वेटिक लिजर सेन्टरमा प्रतियोगिता हुने अध्यक्ष पानस गौचनले जानकारी दिए । दुइ दिने प्रतियोगितामा नौ टोलीको सहभागिता रहने आयोजक टोलीका टिम मेनेजर राजकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका लागि एएलडी कम्पनीले पहिलो ,नेप्लीज इन्टरप्रेटिङ एन्ड ट्रान्सलेटिङ सर्भिष( नियाट्स)ले दोश्रो र बिआइएमएचका दिपेन्द्र भण्डारीले तेश्रो पुरस्कार प्रायोजन गरेका छन् ।

यसैगरी, गेटवे एजुकेसन कल्सल्टेन्सी,नेपमार्ट,हिसिला न्यु खाजाघर,इन्द्रेणि फक्सन र असेस फीनान्स एन्ड होम लोनले प्रतियोगिता आयोजनाका लागि सहयोग गरेका छन् । एभरेस्ट भ्यु ट्राभल्स एन्ड टुर्सले ब्यक्तिगत पुरस्कार प्रायोजन गरेको छ । इएसएल ग्लोबल एडभान्चर ट्राभल्स एक्सपिडिसनले प्रतियोगिता आयोजनाका लागि सहयोग गरेको छ ।


हरेक टोलीमा दुइ या तीन जना नयाँ अनुहार हुने र सबै टोली राम्रो हुने भएकाले प्रतियोगिता रोमाञ्चक हुने अपेक्षा गरिएको आयोजक सस्थाका उपाध्यक्ष तथा कोअर्डीनेटर खेम पुर्जाले जानकारी दिए ।सिड्नीमा अहिले खेल्ने शैलीमा सुधार भएको र अहिले बिश्व भबिल महासंघको नियम अनुसार नै खेलाइनेराष्ट्रिय रेफ्रि चक्मान पुनले जानकारी दिए ।
प्रतियोगितामा उपाधि विजेताले २ हजार, उपविजेताले १ हजार २सय तथा तेश्रो हुनेले ५ सय अस्ट्रेलियन डलर पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले १ सय तथा अन्य ब्यक्तिगत विधाका पुरस्कार विजेताले ७० डलर पुरस्कार पाउने छन् । प्रतियोगितामा पहिलो पटक तेश्रो पुरस्कार तथा ब्यक्तिगत पुरस्कार दिइएको पुर्जाले जनाए । प्राबिधिक कारणले प्रायोजकहरुको लागो ब्यानर राख्न छुटेका कारणले यसलाई अन्यथा नमान्न समेत आयोजकले आग्रह गरेको छ ।

Comment