ललीतपुरमा चेस प्रशिक्षण सुरु

?

ललीतपुर जिल्ला स्काउटले दुइ बर्षे चेस प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । ललीतपुर जिल्ला स्काउट कार्यलयमा प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका पूर्व अध्यक्ष तथा एसीयन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष राजेश हरी जोशीले उद्घाटन गरे ।
सो अबसरमा नेपाल बुद्धीचाल संघका महासचिव हेराकाजी मर्हजन, ललीतपुर जिल्ला बुद्धीचाल संघका अध्यक्ष गोपाल मर्हजन,जिल्ला खेलकुद विकास समितीका सदस्य जगत मर्हजन र सगरमाथा आरोही प्रकास राज पाण्डे लगायतको उपश्थिती थियो । सोही अबसरमा सगरमाथा आरोहण गर्ने नेपालका पहिलो स्काउट पाण्डेलाई सम्मान पनि गरिएको थियो । प्रशिक्षणमा ५० जना खेलाडीलाई समाबेश गराइने छ ।

Comment