क्लबमा पुर्नताजगीका लागि लिग


अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले आसन्न राष्ट्रिय फुटबल लिगले क्लबहरुको पुर्नताजगप् हुने बिश्वास ब्यक्त गरेका छन् । खेलकुद न्युज डटकमसंगको छोटो कुराकानीमा शेर्पाले ५ सय ४० जना खेलाडी , दुइ दर्जन भन्दा बढी प्रशिक्षकहरुलाई यस लिगले रोजगारीको सृजना गर्ने बिश्वास ब्यक्त गरे ।
अध्यक्ष शेर्पाले क्लबहरुसंगको सहकार्यमा कुनै टोली रेलिगेसनमा नपर्ने निर्णय भएको बताएका छन् । विगतमा फुटबलमा बन्दीको अबस्था भएका कारण क्लबहरु धारासायी भएको र विशेष परिश्थितीका कारण यो निर्णय भएको बताउदै अध्यक्ष शेर्पाले १३ असोज देखि हुने यो प्रतियोगिता पछि ए डिभिजन क्लबमा नयाँ आयाम थपीने अपेक्षा रहेको बताएका छन् ।

Comment