जिएफका खेलाडी भुटान जादै


भुटानमा मैत्रीपूर्ण फुटबलमा सहभागि हुने ग्रासरुट फुटसल एकडेमीका खेलाडीलाई शनीबार विदाइ गरियो । एकेडेमीका निर्देशक राजु श्रेष्ठ, कर्मा छिरिङ लामा र नेपाली पूर्व फुटबल स्टार हरि खड्का लगायतले विदाइ गरे । हरि तामाङको प्रशिक्षणमा रहने टोलीमा श्रेयन्स मानन्धर,सुगत श्रेष्ठ,संगीत पराजुली,सायोन उपाध्याय, सम्बृद्ध उप्रेती,जैन बराल,अभिनव शर्मा,क्रियसन मर्हजन,प्रायोसन श्रेष्ठ र क्रितिस अर्याल, सार्थक दाहाल,एरिस्टोटल राज मर्हजन र अश्रुत कोइराला रहेका छने । यसैगरी, टोलीमा सौर्य श्रेष्ठ,आश्रय श्रेष्ठ, रिभु प्रधानांग,शंकर नारायण भारी, सुहन रोका,स्वप्नील पाण्डे,आरोग्य जंग थापा,सुजन बज्र बजा्रचार्य,सही लावती, रिभास सेन,सुभांस गौतम र पाथुहांग नेम्बांग रहेका छन् ।
टोलीमा रहेका सबै खेलाडी ग्रासरुट फुटसल ऐकेडेमीमा प्रशिक्षणरत हुन् । प्रीमीयम इन्टरनेसनल आइबी र्वल्ड स्कुल, रातो बंगला स्कुल,मिस बेरी स्कुल,बाग्मती बोर्डिङ स्कुल र विद्या सस्कार स्कुलका अध्ययत रत छन् । टोली आइतबार त्यस तर्फ प्रश्थान गर्दै छ ।

Comment