अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाललाई स्वर्ण       

 राष्ट्रिय तेक्वान्दो संघ–नेपालको  टोलीले  थाइल्याण्डमा  सम्पन्न चाथो हिरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक जितेको छ । जुन ३० देखि जारी चौथो हिरो इन्टरनेशनल तेक्वान्दो च्याम्पीयनसीपको ५५ केजी तौल समूहमा  दिपेश कँडेलले स्वर्ण पदक जिते ।  त्यस्तै ५१ केजी तौल समूहमा निजल थापा,  ४१ केजी तौल समुहमा  पशुपति खनाल र ३८ केजी तौल समूहमा रोहित बहादुर मगरले रजत पदक पाए । टिम कोचमा हरी थापा र  ब्यबस्थापक मुन्ना विक्रम खातीको १० सदस्यीय टोलि गत जुन २९ मा बैंकक गएको थियो ।

Comment