धनेश्वर एशियाडको निर्णायकमा चयन


मित्र राष्ट्र ईन्डोनेसियाको जकार्तामा भाद्र २ देखि १७ गते सम्म आयोजना हुने १८ औं एशियाली खेलकुद अन्तरगत हुने ट्राईयाथलन प्रतियोगिताका लागि श्री धनेश्वर प्रजापती निर्णायकमा चयन भएका छन् । उनलाई एशियन ट्राईयाथलन महासंघले एशियाली खेलकुद अन्तरगत हुने ट्राईयाथलन प्रतियोगिताका लागि निर्णायकमा चयन गरिएको नेपाल ट्राईयाथलन संघले जनाएको छ ।
विभिन्न अन्तराष्ट्रिय ट्राईयाथलन प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिसकेका धनेश्वर लेभल २ कोर्ष गर्ने पहिलो नेपाली निर्णायक हुन् । हाल नेपालमा ५ अन्तराष्ट्रिय निर्णायक सहित ३२ राष्ट्रिय निर्णायक रहेका छन् । छोटो समयमानै अन्तराष्ट्रि खेलक्षेत्रमा आफ्नो पहिचान राख्न सफल ट्राईयाथलनबाट एशियाली खेलको लागि निर्णायक चयन भएको प्रजापती पहिलो निर्णायक हुन् ।
छोटो समयमानै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल भईसकेको ट्राईयाथलन खेलले भारतको गुहाटीमा भएको दक्षिण एशियाली खेलमा पहिलो सहभागितामानै एक रजत र एक कास्य पदक प्राप्त गर्न सफल भईसकेको छ ।

Comment