राष्ट्रिय तेक्वान्दो टोली थाइल्याण्ड तर्फ

राष्ट्रिय तेक्वान्दो संघ–नेपालको ११ सदस्यीय टोली थाइल्याण्डमा ३० जुन देखि १ जुलाइसम्म आयोजना हुने हिरोज तेक्वान्दो च्याम्पियनसीपमा सहभागि हुन त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई संघका महासचिव राजकुमार कार्की, सचिव राकेश राइ, कोशाध्यक्ष पद्म राना र संघका चितवन जिल्ला अध्यक्ष विकास श्रेष्ठ लगायतले विदाइ गरे ।
टोलीको ब्यबसथापकमा मुन्ना विक्रम खाती र प्रशिक्षकमा हरि थापा रहेका छन् । खेलाडीहरुमा ४० किलोमा पशुपती खरेल, पुम्से ब्ल्याकबेल्टमा साजन तामाङ,४४ किलोमा राजन मल्ल,२६ किलोमा सुचित पाण्डे,४० किलोमा रोहीत बहादुर मगर,५४ किलोमा निजल थापा मगर,३५ किलोमा सलिन बानीयाँ र ५५ किलोमा दिपक कडेँल रहेका छन् ।

Comment