शुटिङ्ग समाग्री हस्तान्तरण

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठ नेपाल शुटिङ्ग संघलाई शुटिङ्ग समाग्री हस्तान्तरण गरे । ओलम्पिकको भवनमा आयोजितक कार्यक्रममा सो सामग्री हस्तान्तरण गरिएको हो । संघका पूर्व सदस्य राजु दर्शनको संयोजकत्वमा साउथ कोरियका कोच ह्वाङ्ग इन कवाङ्ग द्धारा समे सामग्री उपलब्ध गराइएको थियो । कोरियामा भएको ईन्चोन एशियन गेम्समा ह्वाङ्ग इन कवाङ्गले नेपाली शुटिङ्ग खेलाडीलाई प्रशिक्षको रुपमा प्रशिक्षण दिएका थिए ।
ह्वाङ्ग इन कवाङ्गले ईण्डोनेशियाको जाकर्तामा हुने आगामी एशियन गेम्सका लागि नेपाली शुटिङ्ग खेलाडीलाई शुभकामना सहित सहयोगको गर्ने प्रतिबद्धता ब्यक्त गरे । सो कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा तथा मेडिकल कमिशनमा अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठ उपस्थित थिए ।

Comment