बास्केटबल टोली बंगलादेश जाने

 फिबा एसिया कप २०२१ का लागि हुने साबा प्रि क्वालिफायरमा सहभागी हुन नेपाली सिनियर बास्केटबल टोली बंगलादेश प्रस्थान गर्ने भएको छ ।
टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्नेछन् । टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले शुक्रबार शुभकामनासहित बिदाई गरे ।
क्वालिफायरमा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । डिभिजन–बी अन्र्तगतको क्वालिफायरमा शीर्ष दुई स्थान हात पार्ने टिमले फिबा अन्र्तगत चार वर्षको लागि मान्यता पाउनेछ । प्रतियोगितामा सहभागिता नजनाए फिबाले कारवाही गरिने भएका कारण नेपाली टिमले सहभागिता जनाउन लागेको संघका महासचिव नरेन्द्र थापाले बताए । नेपाली टिमलाई कंगारु एजुकेसन कन्सलटेन्सी र आईएमएसले प्रायोजन गरेको छ ।
राष्ट्रिय टिमका लागि क्वीक्स बास्केटबल लिगमा खेलाडीले गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको दिनेश नकर्मीले जानकारी गराए । क्वीक्स बास्केटबल लिगमा उत्कृष्ट प्रदर्शन गरेका ३२ खेलाडीलाई छनोट गरि अन्तिम टिमको टुङ्गो लगाइएको प्रशिक्षकले थपे ।

Comment