तेक्वान्दोकर्मीको सम्मान


राष्ट्रिय तेक्वान्दो संघ अन्तरगतको ललीतपुर जिल्ला तेक्वान्दो संघले शनीबार तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ । ललीतपुर जिल्ला तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रममा जिल्ला तेक्वान्दो संघका पूर्व अध्यक्ष तथा ललीतपुर जिल्ला खेलकुद विकास समितीका अध्यक्ष राजेश लामालाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघका सचिव राकेश राइ प्रमुख अतिथी थिए । कार्यक्रममा तेक्वान्दोकर्मीहरु अच्युत खड्का,गौतम मर्हजन, कृष्ण सिह कपाली, राजु श्रेष्ठ, विमल अछामी,विनय महत, सागर भक्त अमात्य र कृष्ण सिंह कपालीको उपश्थिती थियो ।
सम्मानीत लामा ५० को दशकमा राम्रो लयमा रहेका तेक्वान्दो खेलाडी थिए । कम उमेरमे खेलाडी जिवनबाट प्रशिक्षक भएका लामा नेपालकै प्रभावशाली मैत्री तेक्वान्दो डोजाङका एउटा धरोहर थिए । ।उनी सहितको प्रशिक्षक टोलीकै कारण मैत्रीले नेपाली तेक्वान्दोमा एउटा साख कायम गरेको थियो । उनले २०७१ सालमा स्थापना गरेको स्टार तेक्वान्दो डोजाङको प्रभाव पनि देखिन थालेको छ ।

Comment