ढोरपाटनमा आइटिएफ प्रशिक्षण


ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङमा बिशेष तेक्वान्दो प्रशिक्षण नगरप्रमुख देब कुमार नेपालीको विशेष आतिथ्यमा सम्मपन भयो । सो कार्यक्रममा आइटिएफका सिनियर मास्टर जो चोल हो, कांग्रेसका युवा नेता टेकराज पौडेल, जिल्ला खेलकुद खेलकुद बिकास समिति बाग्लुङका पूर्व अध्यक्ष अर्जुन शेरचन, एकीकृत सेवा केन्द्र बुर्तिबङका कार्यलय प्रमुख जनक थापा र ईलाका प्रहरी कार्यलयका प्रमुख कृष्ण राना लगायतको उपश्थिती थियो । उक्त प्रशिक्षणमा आइटिएफ का खेलाडीहरु तथा शुभ चिन्तक हरुलाइ सम्मान गरिएको थियो । प्रशिक्षण कार्यक्रम १९ देखी २५ जेठ सम्म सन्चालन भएको थियो ।
सो समय मा ढोरपाटन नगरपालिका ले सन २०१८ मे ८ देखि १३ सम्म मङोलिया को उल्लान बटार सहरमा आयोजित ९ औं एसियालि तेक्वान्दो प्रतियोगितामा कास्य पदक जित्न सफल खेलदी सर्मिला महतलाइ सम्मान गरेको थियो ।
सोही अबसरमा बाग्लुङ जिल्ला तेक्वान्दो संघ को नयाँ समिति गठन भएको छ । अध्यक्षमा दिपेन्द्र श्रेष्ठ उपाध्यक्ष उत्तम महत , उपाध्यक्षमा कृष्ण गुरुङ, सचिवमा प्रतीक घर्ती मगर,सह सचिवमा सर्मिला महत कोषाध्यक्षमा बसन्ती बुढा, सदस्यमा प्रदीप बिक, कामना पुन, केशव सिङ थकुरी निर्वाचीत भएका छन् । समितिको पहिलो बैठकले दिनेश बुढा मगरलाई प्राविधिक प्रमुखमा मनोनीत गरेको छ ।

Comment