ओलम्पिक कमिटीका अध्यक्षबाट विदाइ 

प्रतिनिधि सभा सदस्य माननीय एबं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठले  १८ औ एसियाली खेलकुद जकार्ता -२०१८ का लागि दक्षिण एसिया छनौट लिग  खेल्न भियतनाम जाने खेलाडीहरुको विदाई गरेका छन्।  कम्प्युटर बाट अनलाइन खेलिने सो खेलमा सहभागी हुनका लागि सौरभ रन्जित, सौरभ मास्के, एलिन भट्टराई, एलिन बान्तवा , सिद्विरत्न शाक्य र सुमित महर्जन भियतनाम प्रस्थान गरेका छन् ।   
खेलाडीहरु संगै  नेपाल इ स्पोर्ट्स संघका अध्यक्ष सुरज डंगोल पनि सहभागी रहेका छन। सो बिदाई कार्यक्रममा नेपाल इ स्पोर्ट्स संघका महासचिव सङग्राम सिंह देउजा र नेपाल इ स्पोर्ट्स संघका कोषाध्यक्ष ज्योति रत्न बज्राचार्य उपस्थित रहेका थिए।   
जुन ११ र १२ दुइ  दिन सम्म चल्ने सो खेलको छनौट प्रतियोगितामा नेपाल,भारत ,माल्दिभ्स ,पाकिस्तान र श्रीलंका सहभागी हुनेछन्।  
Comment