अन्तर्राष्ट्रिय कराते बिहिबारदेखि

नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामा ११ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित अन्य साग राष्ट्रका १ हजार खेलाडीको सहभागिता रहने प्रमुख प्रशिक्षक समेत रहेका आयोजक संघका महासचिव श्याम शेर्पाले जनाएका छन् । विभिन्न ४७ स्पर्धामा भिडन्त हुनेछ ।
तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । विगतका दसै संस्करणको उपाधि नेपालले जितेको छ ।

Comment