दुबइमा एनआरएन कप फुटबल हुने

“नेपालीका लागी नेपाली“ भन्ने नारा अनुरुप युएइका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने हेतुले यहि इदको पहिलो दिन “एनआरएन कप २०१८” फुटबल प्रतियोगिता हुने भएको छ । एनआरएन उद्दार कोशलाई बढाउने हेतुले यो प्रतियोगिता आयोजना हुन लागेको हो । हाल युएइमा रहेका नेपालका स्तरीय खेलाडीहरु सहभागि हुने भएकाले प्रतियोगिता स्तरीय हुने अपेक्षा गरिएको छ ।
शालादीन स्ट्रीट दुबईको पेनाल्टी फुटबल ग्राउन्डमा खेल हुने छ । प्रतियोगिताको पहिलो पुरस्कार ५हजार ५सय ५५ दिराम र दोश्रो पुरस्कार ३ हजार ३सय ३३ दिराम रहेको छ । प्रतियोगिताका “उत्कृस्ट खेलाडी,उतकृष्ट गोलरक्षक र प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि पुरस्कार प्रदान गरिने छ ।

Comment