प्रदेश स्तरिय करातेमा ललितपुर च्याम्पियन

३ नं. प्रदेश स्तरीय वादो कराते प्रतियोगितामा ललितपुर टिम च्याम्पियन बन्न सफल भएको छ । आईडब्लुएफएन कराते डो संघ शाखा डोजो नागर्जुन र नागर्जुन तिनघरे युवा क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ललितपुर ८ स्वर्ण, ६ रजत, र ९ कास्य सहित पहिलो भएको हो । ५ स्वर्ण, ६ रजत र ४ कास्य जितेको काट्ठमाडौं दोश्रो तथा २ स्वर्ण २ रजत र १ कास्य जितेको रामेछाप तेश्रो भए ।
भक्तपुर जिल्ला अनुशासित टिम घोषणा भयो । ३ नं. प्रदेशको ९ जिल्लाबाट २६३ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी संघकी केन्द्रिय उपाध्यक्ष तथा खानेपानी मन्त्री बिना मगरले गरिन् । सो कार्यक्रममा प्रदेश सभा सदस्य प्रकास श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेको पनि उपश्थिती थियो । शाखा डोजो नागर्जुनको अध्यक्ष शंकर देव लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा महिला तर्फ साउथ वेष्टर्न स्कूल काठमाण्डौंका व्रिसा गुरुङ र पुरुष तर्फ मिडल प्वाइन्ट स्कूल ललितपुरका अर्जुन लिम्बु उत्कष्ट खेलाडी तथा ग्लोबल भिजन स्कोलरका इसान सापकोटा र केजेडआई वादोरियो करातेका अर्चना परियार उदयमान खेलाडी घोषणा भए । विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अथिति नागर्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत लगायतका अथितिहरुबाट पुरस्कार वितरण गरे ।

Comment