अशब र नुवेन फाइनलमा

अशब हाडा र नुवेन लिम्बू प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–८ ब्वाइज सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।आईएमई फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा अशबले सञ्जय रोकालाई १०–३ र १०–३ तथा नुवेनले आद्रित नेपाललाई १०–८ र १२–१० को सोझो सेटमा पराजित गरे ।
यु–८ गल्र्स सिंगल्समा साम्राज्ञी लामा र शिभाली गुरुङ फाइनलमा पुगे । साम्राज्ञीले प्राण्जन मानन्धरलाई १०–८ र १२–१० तथा शिभालीले आयुशा जिसीलाई १०–५ र १०–७ को सीधा सेटमा हराए । यु–९ ब्वाइज सिंगल्समा निशाद जोशी र बोरिस अधिकारीले फाइनलमा स्थान सुरक्षित गरे । यु–९ गल्र्स सिंगल्समा सैबी ढकाल, समृद्धि महर्जन, नाला मास्के र प्रतिष्ठा लामाले सेमिफाइनल यात्रा तय गरे ।
यु–१४ ब्वाइज सिंगल्समा प्रथम पौडेल, श्रीयास पौडेल, कुवेहाङ चेम्जोङ, आयुशमान नेपाल, प्रीतम परियार र चिराग तिमल्सिना आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वाटरफाइनलमा पुगेका छन् । आर्यन गिरी र विवेक जोशी पनि बाइ पाउदै क्वाटरफाइनलमा प्रवेश गरे ।
यु–१४ गल्र्स सिंगल्समा प्रकृति श्रेष्ठले सराह तिमल्सिनालाई ६–० र ६–० को सोझो सेटमा पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरिन् ।
प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२ र यु–१४ उमेरसमूहको ब्वाइज÷गल्र्समा सिंगल्स स्पर्धा समावेश छन् । साताव्यापी प्रतियोगितामा ५३ ब्वाइज र ४० गल्र्स गरी ९३ खेलाडी सहभागी छन् ।

Comment