अन्तर्राष्ट्रिय कराते सुरु

 
नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो ठमेलको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा नेपाल र भारतका २ सय ३० खेलाडी सहभागी छन् । पहिलो दिन नेपाली खेलाडीबीच प्रतिस्पर्धा भयो ।
पुरुष ५० केजीमा सरोज लामा र अनिल स्याङ्तान, ५५ केजीमा विवेक मानन्धर र शिशिर श्रेष्ठ तथा ६० केजीमा विप्रोम तामाङ र निमा शेर्पा सेमिफाइनलमा पुगे । महिला ४५ केजीमा कोपिला बुढाथोकी र सिर्जना ब्लोन, ५० केजीमा सुशिला अधिकारी र एलिशा तामाङ तथा ५५ केजीमा सुनीता ब्लोन र करिष्मा शर्माले सेमिफाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
Comment