फेन्सिङ्गको सोलिडारिटी कोर्ष सुरु

नेपाल फेन्सिङ्ग संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले ओलम्पिक सोलीडारिटी टेक्नीकल कोर्ष फरक कोचज इन फेन्सीङ सुरु भएको छ ।
बिहिबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पाले कोर्षको उद्घाटन गरे ।
सो अवसरमा बोल्दै उपाध्यक्ष शेर्पाले कोर्षबाट प्रशिक्षकहरुले नयाँ ज्ञान हासिल गर्दै विभिन्न तह र तप्कामा खेलाडी उत्पादनमा उक्त ज्ञानलाई प्रयोग गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेमा प्राप्त ज्ञानको उपलब्धि भएको ठहरिने बताए । उनले आगामी २०१९ मा नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालले पदक हात पार्न यस कोर्षको ज्ञानले मद्धत पुग्ने बिश्वास ब्यक्त गरे ।
६ दिने प्रशिक्षक प्रशिक्षण कोर्षमा १५ प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । प्रशिक्षार्थीहरुलाई अन्तराष्ट्रिय फेन्सिङ्ग महासंघका बिज्ञ प्रशिक्षक फ्रान्सेली नागरिक मि. ताहोनले प्रशिक्षण प्रदान गर्ने छन् । ताहोन ईङ्गल्याण्डको राष्ट्रिय टिमका प्रशिक्षक समेत रहिसकेको नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठले जानकारी गराए ।

Comment