पुलिस र एपीएफ च्याम्पियन कुलवहादुर र सरस्वती उत्कृष्ट खेलाडी

पुलिस र एपीएफले सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेका छन् । रोल्पाको लिवाङमा भएको पुरुषतर्फको फाईनलमा कुलबहादुर थापाको उत्कृष्ट प्रदर्शनमा बिभागिय टिम नेपाल पुलिसले नेपाल आर्मीलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बन्यो । महिलातर्फ सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा बिभागिय टिम एपीएफले बिभागिय टिम नेपाल पुलिसलाई ३–० ले हरायो ।
मंगलवार भएको पुरुषतर्फको उपाधि भिड्न्तमा पुलिसले आर्मीलाई २५–२१,१७–२५,३०–२८ र २५–२३ ले हराएको हो । महिलातर्फको खेलमा एपीएफ क्लबले नेपाल पुलिसलाई २५–९,२५–८ र २५–२० ले हरायो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा संचालन भएको प्रतियोगिताको पुरुषतर्फको उत्कृष्ट खेलाडीको उपाधि पुलिसका कुलवहादुर थापाले हात पारे । महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी चुनिईन् ।

Comment