याङवरक ओपनमा विलमलालको अग्रता

दोश्रो थेचम्बु पाथीभरा याङवरक अन्तराष्ट्रिय ओपन चेस प्रतियोगितामा नेपालका फीडे मास्टर विलमलाल श्रेष्ठले एकल अग्रता कायम गरेका छन् । सात चरणको समाप्तीमा उनले ६.५ अंक जोडेका छन् । उनले सातौ चरणमा भारतका रिसव निसादलाइ हराउदै अग्रता लीएका हुन् । छैटौ चरणसम्म रिसवको अग्रता थियो । यस अघि विलमले छैठौ चरणमा नेपालका कृष्ण थापालाई हराएका थिए ।
रिसव र थेन्डुप तामाङ ६ अंक सहित दोश्रो स्थानमा छन् । भारतीय खेलाडी थेन्डुपले सातौ चरणमा नेपालका नविन तण्डुकारलाई हराए । भारतका रोहीत गुरुङको ५.५ अंक छ । उनले सातौ चरणमा नेपालका राजेन्द्र बज्राचार्यलाई हराए । यसैगरी, बद्रीलाल नेपाली, सुरविर लामा,सुमन श्रेष्ठ, राहुल गुरुङ,मुकेश मन्डोलोइ सौरभ चोबे, गोविन्द प्रसाद पौडेल,भुपेन्द्र निरौला,कृष्ण थापा, महेन्द्र कुमार साम्बहाम्फे र यम बहादुर कार्कीको ५ अंक छ ।
सातौ चरणमा बद्रीला र सुरविर विच बराबरी भयो भने सुमन र राहुल विचको खेल पनि बराबरीमा सकियो । मुकेश र चोबेविचको खेल पनि बराबरीमा सकियो । गोविन्दको बाबुराम पन्थीको खेल पनि बराबरीमा सकियो । भुपेन्द्रले प्रसान्द दास चेम्जोंग,कृष्णले सुरज राय,महेन्द्रले प्रेमराज हाङहाङ र कार्कीले यम कुमारलाई हराए ।
स्वीस लिग प्रणालीमा नौ चरणसम्म हुने प्रतियोगिता अन्तरगत शनीबार आठौ र नवौ चरणको खेल हुने छ । याङवरक गाउपालीकाश्थित थेचम्बुमा थेचम्बु पाथीभरा याङवरक चेस संघको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले ३५ हजार रुपैया पुरस्कार पाउने छन् ।

Comment