एपीएफलाई केएनपी महिला भलिबलको उपाधि


चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । मंगलवर भएको फाईनल खेलमा एपीएफले नेपाल पुलिसलाई ३–० को सोझोे सेटमा हराउँदै उपाधि जितेको हो । सिजनको पहिलो खेलमा पहिलो उपाधि हात पार्ने क्रममा एपीएफले पुलिसको चुनौति २५–१२, २५–१९ र २५–१७ ले पन्छायो । उपाधिसँगै एपीएफले मार्वल टेक्नोप्लास्टले प्रायोजन गरेको १ लाख ५० हजार नगद पुरस्कार प्राप्त ग¥यो । दोश्रो स्थानमा चित्त बुझाएको पुलिसले सुर्य बिनायक नगरपालिकाले सौजन्य गरेको १ लाख रुपैया हात पा¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा तेस्रो स्थानको लागि भएको खेलमा शिवम् न्यू डायमण्डले पश्चिमाञ्चललाई २५–१४,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो । शिवम् न्युडायमण्डले मार्वल टेक्नोप्लास्टले नै प्रायोजन गरेका ५० हजार रुपैया हात पा¥यो । अघिल्ला तीनै संस्करणमा एपीएफ बिजेता तथा शिवम् न्यु डायमण्ड उपविजेता भएको थियो ।
बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिस्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताको केएनपी उत्कृष्ट खेलाडीको उपाधि एपीएफ क्लवकी सरस्वती चौधरी हात पारिन् । उनले ३० हजार बराबरको सुलक्स सेन्टरले प्रायोजन टिसट घडीका साथै ग्रिनल्याण्ड सेन्टरबाट सौजन्य गरेको नगद १० हजार पुरस्कार पाइन् । शेरबहादुर खड्का स्मृति केएनपी स्पेसल अवार्डबाट एपीएफकी रेश्मा भण्डारी सम्मानित भईन् । उनले पनि सुलक्स सेन्टरले प्रायोजन गरेको टिसट घडीका साथै ग्रिनल्याण्ड सेन्टरबाट सौजन्य गरेको नगद १० हजार प्राप्त गरिन् । केएनपी जापानको मुख्य प्रायोजन,शिवम् सिमेन्टको सहप्रायोजनमा संचालन भएको प्रतियोगितामा शिवम् सिमेन्ट उत्कृष्ट स्पाइकरको उपाधि शिवम् न्यू डायमण्ड क्लवकी प्रतिभा माली जितिन् । शिवम् सिमेन्ट उत्कृष्ट डिफेन्स न्यू डायमण्डकी सलिन श्रेष्ठले हात पारिन् । शिवम् सिमेन्ट उत्कृष्ट ब्लकरमा नेपाल पुलिसकी मनिषा चौधरी चुनिईन् । ग्लोबल आईएमई बैंक उत्कृष्ट सेटर नेपाल पुलिसकी कमला पुनले जितिन् । ग्लोबल आईएमई बैंक उत्कृष्ट सर्भर एपीएफकी उषा विष्ट भईन् । केएनपी उत्कृष्ट क्वीकर न्यू डायमण्डकी ललिता नाथ र शिवम् सिमेन्ट उत्कृष्ट प्रशिक्षक एपीएफ क्लवका ज्ञानेन्द्र विष्ट घोषित भए । बिधागत बिजेताले ५÷५ हजार रुपैया प्राप्त गरे । प्रतियोगितामा लाजिमपाट स्थित साङग्रीला होटल हस्पिटालिटी पार्टनरको रुपमा प्रतिष्ठानलाई सहयोग पुर्याएको थियो । मेडिकल सहयोगिका रुपमा पानीपोखरी स्थित मेरिडियन पोली क्लिनिक र सिजी बु्रहरी नेपालले खेलाडी तथा अफिसियल र अतिथिलाई निशुल्क पिउने पानीको सौजन्य गरेको थियो ।
विजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, मुख्य प्रायोजक केएनपी जापानका नेपाल प्रमुख मनोज मिश्र, भलिबल स.घका अध्यक्ष मनोरञ्जनरमण शर्मा,ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल, शिवम् सिमेन्टका प्रमुख लेखा अधिकृत ज्योती जंग थापा,मार्बल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चिटी,सुलक्स सेन्टरका कार्यकारी प्रमुख रोमिलाल श्रेष्ठ,शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष तथा नेपाल भलिबल संघका उपाध्यक्ष रञ्जन खड्का,उपाध्यक्ष सिता खड्कालगायतले पुरस्कार वितरण गरे । २१ बैशाख देखि सुरु भएको प्रतियोगितामा एपीएफ, पुलिस, न्यु डायमण्ड, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको थियो ।

Comment