पुलिस र एपीएफ बिजयी

चौथो केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिसले शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हरायो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको खेलमा पुलिसले शिवम् न्युडायमण्डलाई २५–१२,१५–२५,२६–२४ र २५–१९ को सेटमा स्तब्ध बनायो । दोश्रो खेलमा साबिक बिजेता एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५–५,२५–६ र २५–७ को सहजित निकाल्यो ।
शेरवहादुर खड्का स्मृति प्रतिस्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताको नेपाल सरकारका कृषी भूमिसुधार तथा सहकारी मन्त्री चक्रपाणी खनाले गरेका थिए । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा,महासचिव जितेन्द्र बहादुर चन्द,मुख्य प्रायोजक केएनपी जापानका नेपाल प्रमुख मनोज मिश्रा, सह–प्रायोजक शिवमु सिमेन्ट प्रालीका उपाध्यक्ष सदन देवकोटा,प्रशिष्ठानकी संरक्षक गमली खड्का,अध्यक्ष रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो । बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले नगद १० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट हुने खेलाडीले जनही पाँच हजार पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेर पनि उत्कृष्टभित्र पर्न नसकेका एक खेलाडीलाई शेरवहादुर खड्का स्पेशल अवार्डबाट नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।

Comment