आयोजककी विद्याकलालाई स्वर्ण पदक


आयोजक टोलीकी विद्याकला राइले दोश्रो खोटाङ हलेसी अन्तराष्ट्रिय कराते प्रतियोगिताको महिला ५५ किलो तौल समुहमा पहिलो स्थान हात पारेकी छिन् । उपाधि जित्ने क्रममा उनले फाइनलमा भारतकी जुनुमुनुलाई हराइन् । खोटाङ सदरमुकाम दिक्तेल बजारमा बिहिबार सुरु भएको प्रतियोगिताको महिला ४५ किलो तौल समुहमा नेपाल आर्मी क्लबकी कुसुम खड्काले भारतकी मइबु श्रीकायतलाई हराउदै पहिलो स्थान हात पारिन् । ४० किलोमा आर्मीकी बुद्ध लक्ष्मी तामाङले तीन नम्बर प्रदेशकी पुर्णीमा राना मगरलाई हराउदै स्वर्ण पदक जितिन् । ५० किलोमा भारतकी अर्पणा चौधरीले आर्मीर्क मिस्ली श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पारिन् ।
पुरुष ४५ किलोमा आर्मीका सुजन मोक्तान प्रदेश नम्बर एकका धन कुमार मोक्तानलाई हराउदै पहिलो भए । यसैगरी, ४० किलोमा आर्मीका स्वर्णीम मानन्धर प्रदेश नम्बर तीनका दिनेस भण्डारीलाई पहिलो भए । पुरुष ५० किलो तौल समुहमा प्रदेश नम्बर तीनका सुबिन खत्री आर्मीका आकाशलाई हराउदै पहिलो भए । ५५ किलोमा पनि प्रदेश नम्बर तीनका रोसन बलामी भारतका एच गित चन्द्रलाई हराउदै पहिलो भएको रेफ्रि कमिटीका संयोजक राजेन्द्र कपालीले जानकारी दिए ।
नेपाल सितेरियो कराते डो संघ जिल्ला साखा डोजो खोटाङको आयोजनामा जारी प्रतियोगितामा तीन देशका १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । खोटाङ सितेरियो कराते संघका अध्यक्ष सञ्जय राइले दिएको जानकारी अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका, हलेसी तुवाचुङ नगरपालीका, राराबेसी गाउँपालीका र ऐसेलुखर्क गाउपालीकाको बिशेष सहयोय रहेको छ ।

Comment