कराते टोली जापान प्रस्थान


जापान कराते महासंघको आयोजनामा हुने १७ औं एकेएफ जुनियर तथा क्याडेट यू–२१ कराते च्याम्पियनसिपमा ससहभागी हुने नेपाली टोली शुक्रबार त्यस तर्फ प्रस्थान गरेको छ । ७ देखि १३ मे सम्म जापानको ओकिनावा सहरमा हुने सो च्याम्पिसिपनमा नेपालका चार खेलाडीले सहभागीता जनाउने छन् । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको नेतृत्वमा रहेको टोलीमा प्रशिक्षकका रुपमा धुव्र विक्रम मल्ल रहेका छन् । खेलाडीहरुमा नविन रसाइली, राजिव पुढाशैनी, अस्तिर राई र विजय श्रेष्ठले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरि सोहि अवसरमा हुने रेफ्री कोर्षमा सहभागी हुन विशन मोते, बलराम मित्र, विसनसिंह खड्का, श्याम शेर्पा र सानुबाबु गीरी पनि टोलीसँग जापान गएका छन् । साथै गोजुरियोका मेम्बा तामाङ र ओम्मु लामा पनि त्यसतर्फ प्रश्थान गरेका छन् ।
जापान उठ्नु अघि उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले एसियाड अघि हुन लागेको यो सहभागीता नेपालका लागि राम्रो अवसरका रुपमा रहेको बताए । ‘युथ ओलम्पिकको छनोटका लागि वरियता प्राप्त गर्ने खेलका रुपमा एसियामा हुने यो मात्र एक च्याम्पियनसिप रहेकाले पनि यो हाम्रो लागि ठूलो अवसर हो ।’ उनले भने । त्यसैगरि १ जनवरी २०१८ बाट एकेएफले जारी गरेको नयाँ नियमहरुको विषयमा रेफ्री सेमिनार समेत हुने भएकाले रेफ्रीको सहभागीता भएको उनले बताए । सो अवसरमा रेफ्री काता र कुमुते सेमिनार समेत हुने छ । रेफ्री नविकरण र कोच एग्रिडेसन जाँच समेत हुने छ । १० मेमा रेफ्रीको जाँचको नतिजा प्रकाशित हुने उनले बताए ।

Comment