कपिलबस्तु राष्ट्रिय पुरुष भलिबलमा प्रदेश ४ च्याम्पियन


प्रथम कपिलबस्तु राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा प्रदेश ४ च्याम्पियन बनेको छ । आईतवार कृतिम प्रकाशको सहयोगमा मध्य रातमा भएको फाईनल खेलमा प्रदेश ४ ले प्रदेश ७ लाई ३–१ को सेटमा हराउदै च्याम्पियनको उपाधि जितेको हो । घनश्याम चौधरीले उत्कृष्ट प्रदर्शन गदै पहिलो सेटमा ९ अंक जोडे पछि प्रदेश ४ ले प्रदेश ७ लाई २५–१६ ले पछि पारेको थियो । प्रदेश ४ ले दोश्रो सेटमा २४–२६ ले गुमाए पनि खेलमा फर्कदै लगतार दुई सेट २५–२३ र २५–२१ ले आफ्नो पक्षमा पादै उपाधि जितेको थियो । प्रदेश ४ का लागि घनश्याम चौधरीले उत्कृष्ट प्रदर्शन गदै समग्रमा २९ अंक जोडेका थिए । उनिनै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिए । प्रदेश ७ का टेकराज अवस्थीले पनि उत्कृष्ट प्रदर्शन गदै २३ अंकको योगदान दिए पनि टिमलाई पराजयबाट बचाउन सकेनन् । टेकराजले नै प्रतियोगिताको बेष्ट स्पाईकरको उपाधि जिते । त्यस्तै प्रदेश ४ का राजन दर्लामीले उत्कृष्ट डिफेन्स,पर्बत मगरले उत्कृष्ट ब्लकरको उपाधि जिते । प्रतियोगिताको बेष्ट सेटरको उपाधि प्रदेश ७ का लोकेन्द्र गिरीले जित्दा बेष्ट सर्भरको उपाधि प्रदेश ५ का प्रताप खबासले हात पारे । सेमिफाईनल खेलमा प्रदेश ४ ले प्रदेश ३ लाई ३–० को सोझो सेटमा हराउदै फाईनल प्रबेश गरेको छ । त्यस्तै प्रदेश ७ ले प्रदेश ५ लाई हराउदै उपाधि नजिक पुगेको थियो ।
बैरियाको बाल उच्चमाबीमा तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश ५ विजयी भयो । प्रदेश ५ ले प्रदेश ३ लाई ३–१ को सेटमा हराएको थियो । कपिलबस्तु जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बैशाख १४ देखि संचालन भएको प्रतियोगिताको बिजेता प्रदेश ४ ले सिद्धार्थ ओभरसिज प्रालीका प्रोप्राईटर कृष्ण कुवँरबाट प्रायोजन गरिएको नगद १ लाख ११ हजार १११ प्राप्त गर्यो । त्यस्तै उपबिजेता प्रदेश ७ ले होटल थ्री एस वाटर किङ रिसोर्ट प्रालीबाट प्रायोजन गरेको ५५ हजार ५ सय ५५ नगद प्राप्त गर्यो । तेश्रो हुने प्रदेश ५ ले मौसम सप्लायर्सका प्रोप्राईटर राजेन्द्र गिरीद्धारा प्रायोजन गरेको नगद ३३ हजार ३ सय ३३ नगद प्राप्त गरे । बिजेता टिम तथा खेलाडीलाई सभासद बिष्णु पन्थी,आयोजक कपिलबस्तु जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छबिलाल रेश्मी मगर,कार्यलय प्रमुख मिनप्रसाद पोखरेललगायतले पुरस्कृत गरेका थिए ।

Comment