नविनको स्टारडमको बाटो

नेपाली करातेको आन्तरिक विवादले धेरैलाई छोयो । ठूलाहरुको विवादका कारण सामान्य खेलाडी मर्कामा परे । महासंघको द्धैध अस्तीत्वको कारण उत्पन्न विवादले नेपाली करातेमा धेरैका आशु बगेका छन् । केही सफलताका कथा छन्, त्यत्तिनै दुख र पिडादायक घटना पनि । राज्यको सुबीधा पाउने को? अफीसीयल प्रतियोगिता खेल्ने को ? राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा को रहने ? भन्ने थुप्रै विवादका माझ धेरै खेलाडीले यातना पनि सहे । यसै विच काठमाडौंमा सर्वपक्षिय सहमतीको आधारमा छनोट भएको छ । करातेको महत्वपूर्ण विवाद कमसेकम आसन्न एसियाडका लागि समाप्त पनि भएको छ ।
सन् २००७ देखि बालाजु कराते एकडेमीमा आबद्ध नबीन दक्षिण एसियाली कराते च्याम्पियनसीपका तीन पटकका स्वर्ण विजेता हुन् । दुइ पटक भारत र एक पटक श्रीलंकामा उनले सो सफलता पाएका थिए । दुइ पटक एसियाली च्याम्पियनसीपमा सहभागिता जनाएका उनको प्रदर्शन साच्चैनै सहनीय थियो । कत्तिसम्म भने मलेसियामा उनले गरेको प्रदर्शन पछि प्रशिक्षक ध्रुब विक्रम मल्लले नविन भबीश्यको स्टार भएको घोषणा गरिसकेका थिए । इन्डोनेसियामा पनि उनको प्रदर्शन कम्तीको थिएन । यीनै करातेका सनसनीखोज प्रतिभा नविन पहिलो पटक राज्यको बन्द प्रशिक्षण शिबिरमा आबद्ध हुने मौका पाएका छन् ।
बाग्लुङ बंगदोभानका पूर्ण बहादुर रसाइली र भिमदेवी रसाइलीका छोरा २१ बर्षे नबिनको उपश्थितीले नेपाली करातेमा नया आयाम थप्ने अपेक्षा गरिएको छ ।

Comment