न्यु डाइमन्डको संस्कारले निखारिएकी कृपा अब आर्मीमा


नेपाली भलीबल टोलीकी प्रभावकारी सदस्य तथा लीफ्टर कृपा अधीकारीलाइ उनको गुरुकुल न्यु डाइमन्ड स्पोर्ट्स एकेडेमीले औपचारिक विदाइ गरेको छ । बिहिबार आयोजित औपचारिक कार्यक्रममा प्रशिक्षक कुमार राइले कृपाको भावी दिनको सफलताको कामना गर्दै विदाइ गरेका छन् । कृपा अधीकृतको रुपमा नेपाली सेनामा आबद्ध भएकी छिन् ।
कार्यक्रममा राईले कृपो परिश्रम र धैर्यताले पूर्ण खेलाडी भएको प्रतिक्रिया दिए । बिदाई ग्रहण गदै आफुले लगाएर खेल्ने २ नम्वर जर्सी कृपाले न्युडाइमन्डकी कान्छी खेलाडी रिया कुवँरलाई हस्तान्तरण गरिन् ।
नेपाली सेनाको सहायक सेनानीमा उत्तिर्ण हुन सफल कृपालाई नागरिक अगुवा श्याम श्रेष्ठ, नेपाल भलिबल संघका उपाध्यक्ष एवम् सेन्चुरी बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का, शिवम् सिमेन्टका सिनियर ब्रान्ड म्यानेजर केशव अर्याल,सेन्चुरी बैंककी बजार बिभागकी प्रबन्धक रश्मी जोसीलगायतले सम्मान तथा बिदाई गरे । कृपाकै पिता कृष्णबहादुर अधिकारी र कल्पना अधिकारीले फुलमाला लगाइ सफलतासहित बिदाई गरेका थिए ।
तीन अन्तर्राष्ट्रिय खेलमा सहभागी भएकी कृपाले नेपालमै भएको माल्दिभ्सविरुद्धको खेलमा डेब्यू गरेकी हुन् । उनले कृपाले सन् २०१६ को १२औँ साग र वल्र्ड वुमन क्वालिफिकस माल्दिभ्समा सन् २०१७ मा प्रतिस्पर्धा गरेकी थिइन् । न्यु डायमण्ड एकेडेमीको दोस्रो ब्याचकी भलिबल खेलाडी कृपाले वि.स २०६५ सालदेखी क्लबको सेटरको रूपमा खेल्दै आएका थिइन् । त्यसोत उनलाई नजीकबाट चिन्नेहरु सिप,क्षमता र अनुशाषनको बेजोड संगम भएको मान्छन् । न्यु डाइमन्ड एकडेमीले दिएको सस्कारले उनलाई कम उमेरमै परिस्कृत बनाएको थियो । बिदाइका अवसरमा अन्तर्राष्ट्रिय रेफ्रि क्यान्डिडेट चन्द्र वन्दना राई र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले पनि शुभकामना प्रदान गर्दै सम्मान व्यक्त गरेका थिए ।

Comment