राजुको प्रशिक्षणमा जापानमा सफलता


जापानको ओसाकामा भएको १६ औ वाटा ओपन तेक्वान्दो च्याम्पियनसीप तथा इन्टरनेसनल क्लब ओपन तेक्वान्दो च्याम्पियनसीपमा मकाउमा रहेका नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । राजु नगरकोटीको प्रशिक्षणमा रहेको सो टोलीका सञ्जिव नेपाली र निसान घर्ती क्षेत्रीले क्योरोगीमा रजत पदक जिते । यसैगरी,गोपाल भण्डारी, सञ्जिव नेपाली र ुसरज श्रेष्ठले समुह पुम्सेमा काश्य पदक जिते । नेपाली टोलीमा अमर राज लामा, सुनिल बस्नेत र कुमार मानन्धर पनि रहेका थिए ।
मकाउबाट प्रशिक्षक राजुले विदेशमा रहेर काम गरिरहदा पनि बाकीँ समयमा प्रशिक्षण गरेर प्राप्त गरेको यो नतीजाले आफूलाई खुसी तुल्याएको बताएका छन् । उनले यो सफलतामा खेलाडी प्रति आभार ब्यक्त गर्दै सम्पूर्ण तेक्वान्दोकर्मी र तेक्वान्दो परिवार प्रति आभार ब्यक्त गरेका छन् । जापानमा यो सफलता पाउने टोलीका प्रशिक्षक राजु नेपाली तेक्वान्दोमा भिन्न साख बोकेको नुवाकोटका स्थायी बासीन्दा हुन् । उनी सन् ९० को दशकमा फर्ममा रहेका खेलाडी थिए ।

Comment