समृद्धि गोरिल्लाज फाइनलमा

समृद्धि गोरिल्लाज प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा बुधबार फाइनलमा प्रवेश गरेको छ ।
विशाल मिलन केन्द्रको कोर्टमा भएको दोश्रो सेमिफाइनलमा राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित समृद्धिले नेपाल आर्मीलाई ४३–१९ ले सहजै पराजित ग¥यो । समृद्धिकी लुनिभा सिंहले १५ स्कोर गरिन् । पहिलो क्वाटरमा ११–४ को अग्रता लिएको समृद्धिले दोश्रो क्वाटर १८–८ र तेश्रो १२–४ ले आफ्नो पक्षमा पा¥यो । चौथो क्वाटरमा समृद्धि २–३ को झीनो अन्तरले पछि प¥यो ।
फाइनलमा समृद्धिको भेट बुढानीलकण्ठसंग हुनेछ । पुरुषमा आर्मी ‘ए’ र बुढानीलकण्ठ उपाधिका लागि भिड्ने छन् । फाइनल बिहीबार हुनेछ ।
नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताको पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिने छ । महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले १५ हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
Comment