बुढानीलकण्ठको दुवै टिम फाइनलमा

बुढानीलकण्ठको पुरुष र महिला दुवै टिम प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल खेलकुद महासंघ (नेकोस), काठमाडौं ४ द्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको पहिलो सेमिफाइनलमा बुढानीलकण्ठले नेपाल आर्मी ‘बी’ लाई ८८–८४ ले पराजित ग¥यो । बुढानीलकण्ठको जितमा विराज राणाले २८ अंक योगदान गरे ।
निर्धारित समयको खेल ७८–७८ को बराबरीमा सकिएको थियो । अत्तिरिक्त समयमा बुढानीलकण्ठले १०–६ को अग्रता बनाउदै फाइनलमा स्थान सुरक्षित गरेको हो । बुढानीलकण्ठले आर्मी ‘ए’ र एसडिसी हाउन्ड्सबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको महिलाको सेमिफाइनलमा बुढानीलकण्ठले साइपाललाई ५५–५१ ले हरायो । बुढानीलकण्ठकी अनुषा मल्लले २२ अंक जोडिन् ।
पहिलो क्वाटरमा २०–१० को अग्रता लिएको बुढानीलकण्ठ दोश्रोमा ७–१६ ले पछि प¥यो । तेश्रो क्वाटरमा बुढानीलकण्ठले बनाएको १४–११ को अग्रता नै जितको मुख्य आधार बन्यो । चौथो क्वाटर १४–१४ को बराबरीमा सकिएको । अर्को सेमिफाइनल समृद्ध गोरिल्लाज र आर्मीबीच हुनेछ । त्यसको विजेताले फाइनलमा बुढानीलकण्ठको सामना गर्नेछ । पुरुष र महिलाको बाँकी सेमिफाइनल बुधबार हुनेछ ।
Comment