कराते खेलाडी छनोट गर्न समिति

इन्डोनेसियाको जकार्तामा भदौमा हुने १८ औं एसियाली खेलकुदका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार ५ सदस्यीय छनोट समिति गठन गरेको छ । राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुनबहादुर विक, करातेका मुख्य प्रशिक्षक सोभितराज प्रसाईं र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ रहेका छन् ।
छनोट प्रतियोगिता बैशाख १५ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ । छैटौं र सातौं राष्ट्रिय खेलकुद, राखेप च्याम्पियनसिप, दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद तथा अफिसियल सिनियर साफ च्याम्पियनसिपका पदक विजेता खेलाडीले छनोटमा सहभागिता जनाउने पाउने छन् ।
Comment