अस्ट्रेलियन ओपन कराँंते नेपाललाइ तिन स्वर्ण १ रजत र १ कास्य

अस्ट्रेलियाको सीड्नीमा सन्चालन भैरहेको सिडनी ओपन कराँंते प्रतियोगितामा नेपाली टोलीले पहिलो दिन तिन स्वर्ण,एक रजत र ए कास्य पदक हात पारेको छ । सिडनीको लिभरपुलस्थीत स्पोर्टस एरीनामा सम्पन्न प्रतिस्पर्धाको पहिलो दिन आफ्ना प्रतिद्धन्द्धीहरुलाई फराकिलो अन्तरले पराजित गर्दै नेपालकी अनु अधिकारी , मलिका थापा तथा ३५ बर्ष मािथको समुहमा बिनोद शाक्य गुभाजुले स्वर्ण पदक हात पारेका हुन । निकै राम्रो खेलेका दिवस श्रेष्ठ भने फाइनलमा घाइते हुन पुगेपछि प्रतिद्धन्द्धीसँंग २,१को साघुँंरो अन्तरले पराजित हुदै रजत पदकमा सिमित भएका थिए । हेभिवटका खेलाडी दिगम्बर पन्त भने सेमिफाइनलमा अफ्रीकन प्रतिद्धन्द्धीसँंग पराजित हुदै कास्य पदकमा समेटिएका थिए । गगन पुन र निराजन भण्डारीले भने कुनै पदक जित्न सफल भएनन । सितोरियो कराँंतेका पुराना खेलाडी गगन पुन पनि प्रतिस्पर्घामा उत्रेपनि उनि अनुभव संगाल्दै बाहिरिएका थिए ।
दश राष्ट्र सहभागि भएको अस्ट्रेलियन ओपन कराँंते च्याम्पियनशिपमा अनु अधिकारीले अस्ट्रेलियन प्रतिद्धन्द्धीलाई  ३,०को फराकिलो अन्तरले हराइन । आफुभन्दा निकै अग्ली प्रतिद्धन्द्धीलाईअ नुले अनुभवको आधारमा टेक्नीकल गेम खेल्दै स्कोर गरेकी थिइन ।
मलिकाले पनि भिक्टोरियन प्रतिद्धन्द्धीलाई फाइनलमा हराउदै स्वर्ण पक्का गरेकी थिइन । साफका स्वर्ण पदकधारी प्रशिक्षक बिनोद शाक्यले पनि ३५ बर्ष माथिको भिडन्तमा सिडनीका रोपर एलनलाई हराउदै स्वर्ण हात पारेका थिए । हरेक तौल समुहमा १४देखि २० खेलाडीसम्मको सहभागिता रहेको थियो । जसमा नेपाली खेलाडीहरुले स्वर्णका लागि तिन वा चार फाइट जित्नु परेको प्रशिक्षकको जिम्मेबारी संहालेका फुर्बा लामाले बताए ।
नेपाली टोलीका हौसला बढाउन बिहानैदेखि कर्भडहलमा एनआरएनका अभियन्ता दिनेश पोखरेल, पुर्व आइसीसी सदस्य सन्जिव शर्मा, चिरन तिवारीलगायतको ठुलो टोली उपस्थीती भएको थियो । नेपालवाट प्रतियोगितामा सहभािग हुन आएको नेपाली टोलीमा मेडिकलमा पदम बिष्ट र ब्यवस्थापकमा कुवेरसिंह खड्का रहेका छन ।
प्रतिस्पर्धा निकै राम्रो थियो,अस्ट्रेलियाका खेलाडीहरु राम्रा थिए, तर भाग्यले हामीलाई साथ दियो ,स्वर्ण जित्न सफल भयौ ,राष्ट्रय टोलीमा लामो समय अनुभव संगालेकी अनु अधिकारीले बताइन । नेपाली टोलीका प्रशिक्षक समेत रहेका बिनोद शाक्यले भने यस्ता प्रतियोगिताहरु हाम्रो लागि अनुभव साट्ने र प्रतिभा निखारनका लागि निकै महत्वपुर्ण रहने बताए ।
Comment