सामाखुशीले कराते प्रतियोगिता गर्ने


बैशाख अन्त्यमा शाखा डोजो सामाखुशीको आयोजनामा चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७५ आयोजना हुने भएको छ । २८ र २९ बैशाखमा हुने सो प्रतियोगितामा नेपाल,भारत,श्रीलंका,बंगलादेश,पाकिस्थान र भुटान देशका खेलाडीहरु सहभागी हुनेछन् । नेपालबाट ३५०,भारतबाट ३००, श्रीलंकाबाट २०, बंगलादेशबाट १५,पाकिस्थानबाट १० र भुटानबाट १० हुने जनाइएको छ । सो प्रतियोगितामा ७०५ जना खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ । अफिसियल कराते तर्फ २२ इभेन्ट र काता तर्फ ४ इभेन्ट हुनेछ । कुल २६ स्पर्धा समाबेश सो प्रतियोगिता लैनचैर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा कुल खर्च पन्ध्र लाख नौं हजार पाँच सय रुपैया रहेको प्रतियोगिताका संयोजक राजेन्द्र कुमार ओझाले जनाए ।

Comment