एसियाडलाई एगीलीटीको साथ


नेपाल ओलम्पिक कमिटी र स्पोर्ट्स वेयर एगीलीटी विच आसन्न एसियाली खेलकुदका लागि सम्झौता भएको छ । यी दुइ पक्ष विच बिहिबार नेपालओलम्पिक कमिटीमा सम्झौता भएको हो । सम्झौता अनुसार एगीलीटीले ४ सय सेट किड्स प्रायोजन गर्ने छ । हरेक सेटमा ट्रयाकसुट, सर्ट,टिसर्ट,पोलो सर्ट, जुत्ता,मोजा टोपी र ब्याग रहने छन् । यसको बदलामा ओलम्पिक कमिटीले कम्पनीको मार्केटिङमा सहयोग गर्ने छ । सम्झौतापत्रमा एगीलीटीको तर्फबाट डेपुटी कार्यकारी प्रमुख स्टेवार्ड चेवोंग र ओलम्पिक कमिटीको तर्फबाट अध्यक्ष जिवनराम श्रेष्ठले हस्ताक्षर गरे ।

Comment