हाप्कीडो टोली रुस जाने

नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनका अध्यक्ष काली बहादुर घर्तीमगर र उपाध्यक्ष सुस्मिता गुरुङ, मुख्य प्रशिक्षक लानम लामा र सदस्य खिम बहादुर घर्तीमगर रुसको सेन्ट पिटरबर्गमा आयोजना हुने हाप्कीडो च्याम्पियनसीप तथा रेफ्रि सेमिनारमा सहभागि हुन त्यस तर्फ प्रस्थान गर्दै छन् । नेपाली टोलीका चार जनाले नै रेफ्रि सेमिनारमा सहभागिता जनाउने छन् । सेमिनार २१ देखि २३ अप्रिलसम्म हुने छ । ग्लोबल हाप्कीडो महासंघका अध्यक्ष ग्रान्डमास्टर हिक्वान ली र ग्रान्डमास्टर डेमिट मोहमोटोले प्रशिक्षण दिने छन् ।
टोली बिहिबार त्यसतर्फ प्रस्थान गर्दैछ । काठमाडौमा दुइ महिना अघि सम्पन्न प्रथम साधारण सभाले प्राबीधीक जनशक्ति उत्पादनलाई प्राथमिकता दिने निती लिए अनुरुप यो सेमिनारमा सहभागिता जनाउन लागेको अध्यक्ष घर्तीले बताए ।
टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एबं प्रतिनिधी सभा सदस्य जिवन राम श्रेष्ठ तथा उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे लगायतले विदाइ गरे ।

Comment