दक्षिण एसियाली जुडो च्याम्पियनसीप काठमाडौंमा


आगामी आइतबार देखि आठौ“ दक्षिण एसियाली जुडो प्रतियोगिता–२०७५काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा आयोजक राष्ट्र नेपालको दुई समुह, भारत, पाकिस्तान, श्रीलंङका, बंगलादेश र भुटानको १–१ समुह गरि जम्मा ६ राष्ट्रबाट सात तौल समुहमा ५५ जना पुरूष र ४७ जना महिला खेलाडीहरुले भाग लिने छन ।
तीन दिने पुरूष तथा महिला तौल समुह एकल तर्फ ७–७ स्वर्ण, ७–७ रजत, १४–१४ कास्य तथा पुरूष र महिला टिम ईभेन्ट तर्फ १–१ स्वर्ण, १–१ रजत, र ट्रफी साथै २–२ कास्य गरी जम्मा ६४ पदकको लागि १०२ खेलाडीहरुले तपसिल बमोजिमको तौल समुहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अनुमानीत लागत ५० लाख रुपैया रहेको छ ।

Comment