ध्रुब र प्रदिप पछि पालो मिन र मधुवनको, बरिष्ठ प्रशिक्षकहरुको विद्रोह जारी


तेक्वान्दो प्रशिक्षकहरु शिव कोइरालाको नेतृत्वमा रहेको राष्ट्रिय तेक्वान्दो संघ नेपालमा मंगलबार प्रवेश गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ तेक्वान्दो प्रशिक्षक मीनबहादुर थापा, सहायक प्रशिक्षक तथा अन्तर्राष्ट्रिय सेकेन्ड क्लास रेफ्री मधुवनलाल सिंह, सहायक प्रशिक्षक फिरोज शाक्य, सहायक प्रशिक्षक राकेश बजिमिया र श्रीजन महर्जन लगायत राष्ट्रिय तेक्वान्दोमा प्रवेश गरेको संघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
यो अभियानमा संलग्न थापा आठौ दक्षिण एसियाली खेलकुदमा नेपालले तेक्वान्दोमा १६ मध्यको १४ स्वर्ण पदक जित्दा टोलीका प्रशिक्षक थिए । यसैगरी, मधुवन नेपालका माथिल्लो कोटीको रेफ्रिको रुपमा रहेका थिए । पछिल्लो समय नेपाल तेक्वान्दो संघको गतीबीधीमा असन्तुष्टको ठूलो लर्को ललीतपुरमा देखिएको छ । लमजुङमा स्थायी बासीन्दा मिन हाल ललीतपुरमा रहेका छन् भने मधुवन ललीतपुरकै बासीन्दा हुन् । यसैगरी,ललीतपुर तेक्वान्दोलाई माथिल्लो उचाइमा पु¥याएका राजेश लामाको फड्काले केही बर्ष अघि नै ललीतपुरमा तेक्वान्दोमा असर गरेको थियो । प्रशिक्षक राजु श्रेष्ठ सहितको टोली यस अघि नै राष्ट्रिय तेक्वान्दो टोलीमा प्रबेश गरेका थिए । यस अघि पूर्व मुख्य प्रशिक्षक ध्रुब गुरुङ र पूर्व उपाध्यक्ष प्रदिप जोशीको कदमले नेपाल तेक्वान्दो संघलाई एउटा धक्का दिएको थियो ।

Comment