विश्व सम्पदा साइक्लिङ्ग हुँदै


विश्व सम्पदा साइक्लिङ्ग प्रदेश नं ३ का भौतिक पुर्वाधार मन्त्री केशव स्थापितको मुख्य आतिथ्यमा शिनीबार विहान काष्ठमण्डपमा हुने भएको छ । युनेस्को विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्र देखि युनेस्को विश्व सम्पदा स्वयम्भू चैत्यसम्म निर्धारण गर्न लागेको विश्व सम्पदा पदमार्गको जनचेतना दिनको लागि हनुमानढोका दरबार क्षेत्र देखि स्वयम्भू सम्म साइक्लिङ्ग हुन गइरहेको छ । साथै पदमार्गमा विभिन्न खेलको आयोजना हुन गइरहेको विश्व सम्पदा पदमार्ग परिकल्पनाकार सांसद जीवनराम श्रेष्ठले बताए । खेलकुद संयोजकका अनुसार साइकल र्यालि, चेस, कबड्डी, ध्वाइँकासा, स्केटबोर्ड, डब्लु डब्लु वाइ (एकिडो) आदि खेलहरु खेलाइनेछ ।

Comment