तेश्रो चरणमा शिर्ष नेपाली खेलाडी


होमल्याण्ड स्पोर्टस क्लव नेपालको आयोजनामा जारी काठमाडौं ओपन अन्तराष्ट्रिय जीएम चेस प्रतियोगिताको तेश्रो चरणको खेल केही समयम सुरु हुदै छ । तेश्रो चरणमा नेपाली चेसका प्रमुख खेलाडी विवके थिङले सन्दीपन चन्दसंग खेल्दै छन् । यसैगरी पेस जयसवालले जिएम ग्रीनफील्ड एलोन,मनीष हमालले आइएम गुइसेन हिमाल,केशब श्रेष्ठले आइएम प्रीन्स बजाज,भुपेन्द्र निरौलाले आइएम पद्मीनी राउत,बद्री लाल नेपालीलीले आइएम एलीना लिमा र पुरुषोत्तम चौलागाइले आइएम अनुप देशमुखसंग खेल्ने छन् ।
यस अघि दोश्रो चरणमा नेपाली भाषी भारतीय खेलाडी राहुल गुरुङले रुसी जिएम भोल्कोभ सर्जेइसंग बराबरी गरे ।

Comment