काठमाण्डौ ओपन चेसको उद्घाटन

काठमाण्डौ ओपन ईन्टरनेशनल ग्रान्डमास्टर चेस प्रतियोगिताको बिहिबार औपचारिक उद्घाटन भएको छ । ४ बैशाखसम्म चल्ने प्रतियोगिता स्वीस लिग प्रणालीमा नौ चरणको हुने प्रतियोगिताको प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगत सुनार बिश्वकर्माले उद्घाटन गरे । १० लाख रुपैंया नगद पुरस्कार रहेको प्रतियोगितामा विदेशी र नेपाली गरी २ सय खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा जिएम , आइएम र डब्लु जीएम गरी दुइ दर्जन भन्दा बढी मास्टर हसभागि छन् । प्रतियोगितामा नेपालका वर्तमान तथा पूर्व राष्ट्रिय च्यापियनहरु एवं ओलम्पियाड खेलाडी लगायत प्रायः सबै शीर्ष खेलाडीको सहभागिता रहेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक केएनपी जापान रहेको छ ।

Comment