बौद्ध टिम च्याम्पियन

बौद्ध डोजोले राष्ट्रिय जुनियर खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । भगवती युवा क्लबले आफ्नो वार्षिकोत्सवका अवसरमा शाखा डोजो, शंखडोलसंग मिलेर आयोजना गरेको प्रतियोगितामा बौद्धले ६ स्वर्ण र ९ रजत प्राप्त ग¥यो ।
४ स्वर्ण र ३ रजतसाथ शान्ति आदर्श दोश्रो भयो भने तेश्रो स्थानको बाल वाटिकाले ३ स्वर्ण र २ रजत हात पा¥यो ।
प्रतियोगितामा गोजुरियोका शान्ता चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए भने बाल वाटिकाकी एलिसा तामाङ उदीयमान खेलाडी चुनिइन् ।
विजेतालाई सांसद कृष्ण राई, भगवती युवा क्लबका अध्यक्ष शिव कारन्जितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ३ सय ५० खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यसअघि भगवती युवा क्लबले आफ्नो वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता, व्ह्ीलचेयर प्रतियोगिता र सांस्कृति कार्यक्रम पनि आयोजना गरेको थियो ।
Comment