नेपाल दोश्रो

नेपाल बंगलादेशको चिटागोङमा सम्पन्न एड्भोकेटेड गुलाम मुस्तफा स्मृति दक्षिण एसियाली खुला टेबलटेनिस च्याम्पियनसिपमा सोमबार दोश्रो भएको छ ।
छ राष्ट्र सहभागी सुपर लिग प्रतियोगिताको अन्तिम दिन नेपालले मिश्रित नतिजा निकाल्यो । भुटानलाई ३–० ले पराजित गरेको नेपाल त्यही नतिजमा भारतसंग हा¥यो । त्यसअघि टिम स्पर्धाको उक्त प्रतियोगितामा नेपालले बंगलादेश, श्रीलंका र माल्दिभ्सलाई हराएको थियो । प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, विनेश खनियाँ, प्रदीप रोका र पुरुषोत्तम वज्राचार्यले प्रतिस्पर्धा गरेका थिए ।
Comment