कराते प्रशिक्षकहरु न्युजिल्यान्ड प्रस्थान

मित्र राष्ट्र न्युजिल्यान्डको त्यूप्लेमाउथस्थित मेरिल्याण्डमा आगामी १३ देखि १६ अप्रिल सम्म हुने कराते एन्ड किक बक्सिङ प्रशिक्षक प्रशिक्षण सेमिनार एवं ग्रेडिङमा सहभागी हुन तीन सदस्यीय प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।
उक्त अन्तर्राष्ट्रिय सेमिनारमा बाबुराम लामा, गोबिन्द श्रेष्ठ र अनित न्यौपानेले नेपालको तर्पmबाट प्रशिक्षण लिनेछन् ।
वादोरियो कराते डो रेन्मेइ कराते संघ नेपालका अध्यक्ष एंव प्रमुख प्रशिक्षक बाबुराम तथा नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन)का महासचिव एवं वरिष्ठ प्रशिक्षक गोविन्द श्रेष्ठ सोमबार त्यसतर्पm प्रस्थान गरेका छन् ।
वल्र्ड कराते अर्गनाइजेसन, साउथ प्यासिफिकको आयोजनामा हुने सेमिनारमा ३० राष्ट्रको सहभागिता रहनेछ । उक्त सेमिनारको माध्यमबाट ज्ञान आर्जन गर्दै नेपालको प्रतिभावान खेलाडी उत्पादनमा सक्रिय हुने प्रशिक्षकद्वय लामा र श्रेष्ठले जानकारी गराए । साथै ग्रेडिङमार्पmत नयाँ कला कौशल प्राप्त हुने प्रशिक्षकले विश्वास व्यक्त गरे ।
Comment