नेपाल विजयी


नेपालले बंगलादेशको चिटागोङमा जारी एड्भोकेटेड गुलाम मुस्तफा स्मृति दक्षिण एसियाली टेबलटेनिस क्लब च्याम्पियनसिपमा जित हात पारेको छ ।
टिम स्पर्धामा भइरहेको प्रतियोगितामा नेपालले आयोजक राष्ट्र बंगलादेशलाई ३–२ ले पराजित ग¥यो । नेपालले आइतबार श्रीलंका र माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गर्ने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ । नेपालबाट राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, विनेश खनियाँ, प्रदीप रोका र पुरुषोत्तम वज्राचार्य प्रतियोगितामा सहभागी छन् ।

Comment